Logo
६ वैशाख २०८१, बिहीबार

मुटुको हेरचाहमा ध्यान दिन चिकित्सकको सुझाव

अक्षरपाटी
२०७९ असोज १३ , बिहीबार १०:०९ मा प्रकाशित

इलाम। मानवीय रहनसहन तथा खानपान र आधुनिक जीवनशैलीका कारण मुटु रोगीको सङ्ख्या बढ्दै गएको छ। नेपाललगायत विकासोन्मुख देशमा मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो।

मुटु रोगीलाई सरकारले उपचारमा एक लाखसम्म छुट दिने गरेको छ। धेरैले नियमित मुटु परीक्षण नै गर्दैनन्। मुटु परीक्षण गर्ने धेरैलाई सरकारले उपलब्ध गराउने सो रकमबारे जानकारी पनि छैन।

इलाममा गत आर्थिक वर्षमा जिल्लाबाट ४९ जनाले मुटुको शल्यक्रियाका लागि सिफारिस लिएका छन्। यो अघिल्लो वर्षको भन्दा बढी हो।

खानपान, व्यस्त जीवनशैली, तनाव, रहनसहन नै मुटु रोगको प्रमुख कारण भएको डाक्टरको भनाइ छ। तारेको, भुटेको, चिल्लो मात्रा बढी भएको र मादकपदार्थ तथा धूमपान गर्दा यो रोग लाग्ने बढी खतरा हुने गरेको छ।

नियमित ब्यायाम, स्वस्थकर खाना र तनाव कम हुने हो भने मुटु रोग लाग्नबाट जोगिन सकिने इलाम अस्पतालका डा डालिम काफ्लेले बताए।

उनले सुविधासँगै शरीरको ख्याल गर्न आग्रह गरे। जनचेतनाका लागि इलाममा आज बिहान प्रभातफेरी र अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मुटु