Logo
१६ चैत्र २०८०, शुक्रबार

कात्तिक ८ गते सूर्यग्रहण : कुन राशी भएकालाई कस्तो प्रभाव ?

अक्षरपाटी
२०७९ कात्तिक ४ , शुक्रबार ०९:१० मा प्रकाशित

काठमाडौं। कार्तिक कृष्ण औँसीका दिन कात्तिक ८ गते लाग्ने खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भए अनुसार कात्तिक ८ गतेको ग्रहण फल अनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग छ।

यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल छ।

कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग छ। दिउँसो ४ः ५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ। ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ।

नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिनेछ। बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ। शास्त्रीय मान्यता अनुसार सोमबार राति ४ः ५२ बजेदेखि नै बाल, वृद्ध र आतुर बाहेकलाई भोजन निषेध हुने पनि समितिको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।

सूर्य ग्रहण