Logo
१ असोज २०८२, बुधबार

समाजसेवी तथा वरिष्ठ राजनीतिज्ञ श्रेष्ठ अस्वस्थ

अक्षरपाटी
२०७९ कात्तिक ४ , शुक्रबार ०९:१० मा प्रकाशित

चितवन। वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ भएकी छन्। गत असोज २५ गतेदेखि उनी निमोनियाबाट अस्वस्थ भएकी हुन्।

उनलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ। उनका धर्मपुत्र टंकनाथ पौडेलका अनुसार ९५ वर्षीया वरिष्ठ समाजसेवी श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेको सम्पत्ति एक अर्ब भन्दा माथिको छ।

मैयादेवी श्रेष्ठ

ट्रेन्डिङ ( साप्ताहिक )