Logo
१४ वैशाख २०८१, शुक्रबार

गजल : आमाको माया

अक्षरपाटी
२०७९ कात्तिक ५ , शनिबार ०९:१० मा प्रकाशित

० साँग्रीस मानन्धर ‘मोती’

धेरै धेरै समस्याहरु आउँछ जुज्ने गर
तर फाटेको चोलीको माया बुज्ने गर

बाआमा धुर्मैला होलान्त र भगवान हो
रहुन्जेल ती जन्मदातालाई पुज्ने गर

आमाको माया हो केही भन्लिन् कहिले
आशिर्बाद सम्झि आफैलाई सुज्ने गर

माथि माथि तैरिएर जीवन नकटाउनु
बास्तविक जीवनको मर्ममा रुज्ने गर

समय अनुसार बाआमा चल्न गाह्रो छ
त्यस्मा माया नै छैन भनी नबुज्ने गर

(क्याक्मी हटिया हरिनास ६ स्याङ्जा, हालः तिलोतमा, रुपन्देही)

गजल
यो पनि हेर्नुहोस् : गजल : …त्यो प्रेम हो