Logo
१५ चैत्र २०८०, बिहीबार

आपसी स्नेह प्रगाढ बनाउन चाडपर्व सहयोगी : प्रधानमन्त्री देउवा

अक्षरपाटी
२०७९ कात्तिक ८ , मंगलबार १२:१० मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको बताए।

उनले यो मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पु¥याउँदै आएको बताए।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत नेपालीहरूको महान् चाड तिहार–२०७९, नेपाल संवत् ११४३ को आरम्भ, म्हपूजा तथा किजा पूजाको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन्।

तिहारको अवसरमा खेलिने देउसी भैलोलगायतका सांस्कृतिक नाचगानले हाम्रो समाजमा शान्ति, सद्भाव, एकता र भाइचाराको भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएका छन्।

औँसीको रातमा झिलिमिली बत्ती बाल्दै घर आँगन उज्यालो तुल्याउने कार्यले हामी सबैलाई अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने उनले बताए। प्रधानमन्त्री देउवाले दीपावलीको उज्यालो प्रकाशले सबैलाई सत्य, धर्म, न्याय र सदाचारको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।

तिहारको शुभकामना देउवा