Logo
२२ मंसीर २०७९, बिहीबार

तिहारको अवसरमा चरी भरर…

अक्षरपाटी
२०७९ कात्तिक ८ , मंगलबार ११:१० मा प्रकाशित

काठमाडौँ। गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ।

‘चरी भररर’ बोलको गीत तिहारको छेको पारेर सार्वजनिक गरिएको हो। नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा फिचर्ड भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन्।

सार्वजनिक गीतमा दिलु श्रेष्ठको शब्द रचना र सन्तोष प्रगाढको संगीत छ। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन्

भिडियोमा प्रविन थापाको कोरियोग्राफी र आर।डि। दुलालको ड्रोन समाबेश छ। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोले दर्शक श्रोताको मन जित्नेमा निर्माण टिम बिस्वस्त छ।