Logo
१५ चैत्र २०८०, बिहीबार

कैलालीको चौमालामा आगलागीबाट ६ वटा पसलमा क्षति

अक्षरपाटी
२०७९ कात्तिक १२ , शनिबार १०:१० मा प्रकाशित

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका १ चौमालामा आज साँझ भएको आगलागीबाट ६ वटा पसलको धनमाल जलेर नष्ट भएको छ।

चौमालाको हिमाल मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युतको तार सर्ट भई लागेको आगो नजिकै रहेको थप एक मोबाइल पसल, दुई वटा किराना पसल, एक हार्डवेयर पसल र एक होटेलमा सल्केपछि पसल तथा होटेलमा रहेको सामान जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए।

आगलागीको घटना लगत्तै घटनास्थल पुगेको सशस्त्र प्रहरीको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडाघोडी नगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा झण्डै एक घण्टापछि साँझ साढे आड बजे आगो निभाइएको छ।

आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी छ।

चाैमाला