Logo
१५ चैत्र २०८०, बिहीबार

गुजरातमा छठ पूजाका क्रममा झोलुंगे पुल चुँडियो, कम्तिमा ७० जनाको मृत्यु

अक्षरपाटी
२०७९ कात्तिक १३ , आईतबार ११:१० मा प्रकाशित

एजेन्सी। भारतको गुजरात राज्यको मोरबीमा आइतबार राति झोलुंगे पुल चुँडिएर कम्तिमा ७० जनाको मृत्यु भएको छ।

छठ पुजाका क्रममा व्रतालु र दर्शनार्थीको भीडका कारण पुल चुँडिएको हो। गुजरातका पञ्चायत मन्त्री बृजेश मेरजाका अनुसार पुल चुँडिएर नदीमा खसेको थियो। उक्त घटनामा ७० जनाको ज्यान गएको र त्यति नै संख्यामा घाइते भएका छन्।

करिब चार सयभन्दा बढी मानिस पुलमा रहेको आशंका गरिएको छ। अहिले रेस्क्यू टिम उद्धारमा खटिएको बताइएको छ। अहिले स्थानीय बासिन्दा, प्रहरी र सेना उद्धारमा खटिएको मन्त्री मेरजाले जनाएको समाचारहरुमा जनाइएको छ।

क्षमताभन्दा बढी मानिस पुलमा गएकाले घटना भएको अनुमान गरिएको छ। अवेर राति घटना भएकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ।

गुजरात झोलुङ्गेपुल चुँडियो