Logo
८ वैशाख २०८१, शनिबार

आसन्न निर्वाचनका लागि कांग्रेसको परिचालन समिति सचिवालय र उपसमिति गठन

अक्षरपाटी
२०७९ कात्तिक २ , बुधबार १०:१० मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन गरेको छ।

कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९, केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा कात्तिक १ गते बसेको बैठकको निर्णयानुसार केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमितिमा संयोजक र सहसंयोजक मनोनयन गरेको हो।

बैठकले भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय तथा परिचालन उपसमितिको संयोजकमा डा डिला सङ्ग्रौला र सहसंयोजकमा उमेशजङ्ग रायमाझी, प्रदेश परिचालन समन्वय उपसमिति प्रदेश १ को संयोजकमा मीन विश्वकर्मा र सहसंयोजकमा सरिता प्रसाईंलाई मनोनयन गरेको छ।

यस्तै मधेस प्रदेशको संयोजकमा आनन्दप्रसाद ढुङ्गाना र सहसंयोजकमा मञ्जु खाँण, बागमती प्रदेशको संयोजकमा जीपछिरिङ लामा, गण्डकी प्रदेशको संयोजकमा ध्रुव वाग्ले र सहसंयोजकमा विष्णुप्रसाद लामिछाने, लुम्बिनी प्रदेशको संयोजकमा चन्द्रबहादुर केसी र सहसंयोजकमा प्रा डा गोविन्दराज पोखरेल, कर्णाली प्रदेशको संयोजकमा जानकी सिंह र सहसंयोजकमा कान्तिका सेँजुवाल र सुदूरपश्चिम प्रदेशको संयोजकमा ईश्वरी न्यौपाने र सहसंयोजकमा प्रकाश रसाइली स्नेहीलाई मनोनयन गरिएको छ।

बैठकले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत र सहसंयोजकमा मेखलाल श्रेष्ठ, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय तथा परिचालन उपसमितिको संयोजकमा गोविन्द भट्टराई र सहसंयोजकमा डा अरुणकुमार सुवेदी, निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिको संयोजकमा आनन्दप्रसाद ढुङ्गाना र सहसंयोजकमा डा कृष्णप्रसाद पौडेललाई मनोनयन गरेको छ।

यसैगरी, निर्वाचन आयोग समन्वय उपसमितिको संयोजकमा हरिशरण नेपाली र सहसंयोजकमा किरण गिरी, जिल्ला–काठमाडौँ सम्पर्क समिति समन्वय उपसमितिको संयोजकमा रमा कोइराला पौडेल र सहसंयोजकमा धना खतिवडा छन्।

निर्वाचनको केन्द्रीय परिचालन समितिको सचिवालय संयोजकत्वमा अम्बिका बस्नेत, सहसंयोजकमा दिव्यमणि राजभण्डारी, सदस्यमा डा सुरेश आचार्य, डा प्रभु बुढाथोकी, गेजा शर्मा वाग्ले, कृष्ण केसी, प्रगतिमान रञ्जित, विजय मिश्र, सरोजकुमार थापा र सदस्य सचिवमा किरणप्रसाद गजुरेललाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नेपाली कांग्रेस