Logo
१४ वैशाख २०८१, शुक्रबार

विकास नै मेरो पहिलो मुद्दा हो : प्रकाश देउवा

अक्षरपाटी
२०७९ कात्तिक १६ , बुधबार ०९:११ मा प्रकाशित

धनगढी। आफ्नो पक्षमा मत पार्नका लागि उम्मेदवारहरु दिनरात नभनी जनताको घरदैलोमा पुगिरेहा छन्।

आसन्न निर्वाचनका लागि कैलालीमा पनि निर्वाचनको माहोल गर्माएको छ। कैलाली–५ ‘ख’ मा विशेष गरी लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका काँग्रेसका युवा नेता प्रकाश देउवा मतदाताको घर दैलोमा पुगिरहेका छन्।

उनले भाषणलाई भन्दा आम जनतासँगको भेटघाटलाई तीव्रता दिएका छन्। आफू निर्वाचित भएपछि यस क्षेत्रको विकासमा विशेष ध्यान दिने देउवाको भनाइ छ।

कांग्रेस नेर्त आरजु राणा देउवाको स्वकीय सचिवसमेत रहेका देउवाले जनताका विकासका लागि राजनीतिमा आवद्ध भएको बताए।

२०७४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा नेतृ आरजुले हारेको क्षेत्रमा प्रदेश सभा सदस्यको निर्वाचनमा होमिएका देउवाले भने, ‘धनगढीको विकासका लागि नै मेरो उम्मेदवारी हो। उनले राजनीति धेरै भइसकेकाले अब विकास नै आफ्नो एजेन्डा भएको बताए।

उनले आफू कुनैपनि स्वार्थपूर्तिका लागि नभएर युवाको नेतृत्व गर्दै विकास समृद्धिमा सक्रिय हुने बताए। भाषण गरेर झुट्टा आश्वासन बाड्नु भन्दा नागरिकको घर दैलोमा पुगेर समस्याहरु सुन्ने काम गरिरहेको उनले बताए।

उनले धनगढीको विकास स्थानीयस्तरबाट सम्भव नभएकाले प्रदेश र संघीय सरकारबाट पहल गर्ने योजनामा आफू रहेको जिकिर गरे।

‘धनगढी सुदूरपश्चिमकै मुख्य सहर हो। यहाँको विकासका लागि केन्द्रस्तरबाट नै पहल चाल्न आवश्यक छ’, उनले जनतासँग

कैलाली ५ ‘ख’ कांग्रेस नेता प्रकाश देउवासँगै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट धनगढीको मेयरमा पराजित दुर्गा जोशी प्रदेशसभा सदस्यको उम्मेदवार छन्। तर लोकत्रान्तिक बाम गठबन्धनले देउवालाई सहज भए पनि कांग्रेसबाट असन्तुष्ट भएर प्रतिस्पर्धा गरिरहेका नेता क्षितिज भण्डारी उनका लागि चुनौति बनेको जानकारहरु बताउँछन्।

यस क्षेत्रको प्रदेशसभा ‘ख’ मा धनगढी उपमहानगरपालिका वडा नम्बर १ देखि ६, ११ र १३ नम्बर वडा छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा नम्बर ११ एमाले, वडा नम्बर ६ माओवादीले जितेका वडा हुन् । बाँकी ६ वटा वडामा प्यानलसहित कांग्रेसले जितेको हो।

निर्वाचन प्रकाश देउवा