Logo
१६ चैत्र २०८०, शुक्रबार

धादिङ बस दुर्घटनामा २० जना घाइते

अक्षरपाटी
२०७९ कात्तिक १९ , शनिबार १०:११ मा प्रकाशित

धादिङ। यात्रु लिएर काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको बस आज साँझ धादिङको जोगीमारामा दुर्घटना भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत सडकबाट पल्टिएर त्रिशूली नदी किनारमा पुगेको बा ४ ख ५७ २० नम्बर बसमा सवार यात्रुमध्ये २० जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

घाइते यात्रुको स्थानीयवासी, नेपाल प्रहरी लगायतले उद्धार गरेका छन्। घाइतेको मलेखुमा रहेको शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाबारे छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।