Logo
२० मंसीर २०७९, मंगलबार

मंसिर २३ मा ‘सोल अफ द कमान्डो’

अक्षरपाटी
२०७९ कात्तिक २१ , सोमबार ०७:११ मा प्रकाशित

काठमाडौँ। २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट फेरि राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ।

उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भूमिकामा काम गरेका थिए ।

अहिले पनि उनलाई मुख्य भूमिकामा नै देख्न पाइने छ। चलचित्र ‘सोल अफ द कमान्डो’मंसिर २३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी रहेका राईले नेपाली चलचित्र क्षेत्रमा पनि बिशेष योगदान पुर्याएका छन्।

चलचित्र’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्ग्देल, नरेन खड्का,शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बुको मुख्य अभिनय छ।

चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई हुन्।

सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू हुन्।