Logo
७ वैशाख २०८१, शुक्रबार

भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

अक्षरपाटी
२०७९ कात्तिक २३ , बुधबार ०९:११ मा प्रकाशित

डोटी। गए राति गएको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ।

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पु¥याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो।

उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो। उक्त ठाउँमा आठ घर पूर्णरुपमा भत्किएर क्षति पुगेको छ।

डोटी भूकम्प