Logo
८ वैशाख २०८१, शनिबार

बसुन्धरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

अक्षरपाटी
२०७९ कात्तिक २४ , बिहीबार १०:११ मा प्रकाशित

काठमाडौं। काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको गए राति मृत्यु भएको हो।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगर छन्।

दुर्घटनामा गम्भीर घाइते दुवैजनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रवक्ता भट्टले बताए। प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएर अनुन्धान गरिरहेको छ।

दुर्घटना