Logo
१३ वैशाख २०८१, बिहीबार

सामाजिक महामारीको कथामा ‘डेसान’

अक्षरपाटी
२०७९ कात्तिक २४ , बिहीबार ११:११ मा प्रकाशित

काठमाडौं । मंसिर २३ गते प्रदर्शन हुने सामाजिक महामारीको कथामा निर्माण गरिएको फिल्म ‘डेसान’ को टिजर सार्वजनिक गरिएको छ।

राजधानीमा प्रेसमिट गरी दर्शकमाझ ल्याइएको टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजीक न्यायको बिषयलाई प्रस्तुत गरिएको देखिन्छ।

कमल एक्चै मगर निर्देशित फिल्ममा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ।

टिजरमा फिल्मका सबै प्रमुख कलाकार समेटिएको छ। निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण गरे।

उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरुले जोखिम मोलेर सुटिङ गरेको बताए। अभिनेत्री नम्रताले कोरोना कालमा सुटिङ गर्दा कतिपय ठाउँमा असहयोग र असहजता भए तापनि अहिले फिल्म प्रदर्शन हुन लाग्दा भने त्यतिबेलाको दुखपीडा बिर्सिएको बताइन्।

अभिनेता भोला सापकोटाले पनि कोरोना भाइरसको त्रासले गर्दा ‘डेसान’ को सुटिङका क्रममा दुख खेप्नु परेको सम्झदै अब भने फिल्म रिलिज हुन लागेकोमा खुशी ब्यक्त गरे।
निर्देशक मगरले सुटिङमा दुःख पाएको भए तापनि अहिले फिल्म हेर्दा सबै पीडा भुलेको बताए। ‘दर्शकको लागि निकै दुख गरेर फिल्म बनाएका छौ,’ उनले भने, ‘फिल्मले पूर्ण मनोरञ्जनका साथै समाजीक सन्देश पनि प्रवाह गरेको छ । त्यसैले आम दर्शकलाई हेर्न आग्रह गर्दछु।’

पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन्।