Logo
८ वैशाख २०८१, शनिबार

फास्ट ट्र्याक मेरो सपनाको सडक हो, बलायरले बजेट काटे : भट्ट

अक्षरपाटी
२०७९ कात्तिक २५ , शुक्रबार १०:११ मा प्रकाशित

धनगढी। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले खुटिया दिपायल फास्ट ट्र्याक आफ्नो सपनाको सडक भएको बताएका छन्।

कैलाली ४ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार रहेका भट्टले गोदावरी नगरपालिका ४ बुढीतोलामा दैलो कार्यक्रममा बोल्दै उनले कांग्रेस नेता रमेश लेखक भौतिक पूर्वाधार मन्त्री हुँदा आफ्नो पहलमा फास्ट ट्र्याक निर्माणका लागि बजेट छुट्याएको र पछि भौतिक पूर्वाधार मन्त्री वीरबहादुर बलायर हुँदा बजेट काटेको आरोप लगाए।

ुलेखराजले फास्टट्र्याकमा बिर्को लगाए भन्दै कु प्रचार गरेकोु भन्दै उनले बलायर मन्त्री हुँदा सुदूरपश्चिममा नयाँ योजना थप्नुको सट्टा बजेट कटौती गरेको आरोप लगाए।

भट्टले कैलालीको गोदावरीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने र यो धामलाई चुरेका धार्मिक क्षेत्रसँग जोडेर धार्मिक कोरिडोर बनाउने योजना सुनाए।

भट्टले गोदावरी धामको डिपिआर गरेर चुरे र गोदावरी क्षेत्रमा धार्मिक सर्किट निर्माण गर्ने बताए ।

बुढीतोलामा खानेपानी समस्या समाधानका लागि लिफ्टिङ गर्ने, खैराला चौमाला सडकको स्तरोन्नती गर्दै कालोपत्र बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।

लेखराज भट्ट