Logo
१५ वैशाख २०८१, शनिबार

सेयर बजार दोहोरो अंकले ओरालोतिर, ७७ करोडको मात्रै कारोबार

अक्षरपाटी
२०७९ कात्तिक २७ , आईतबार ०४:११ मा प्रकाशित

काठमाडौं । सेयर कारोबारको पहिलो दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। यसदिन ७७ करोड ४९ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो।अघिल्लो साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २३।५२ अंकले घटेको थियो। सो दिन १ अर्ब ११ करोड बढिको सेयर कारोबार भएको थियो।

आइतबार २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता सेयर ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँमा खरिदबिक्री भयो। १८ हजार पटक सेयर कारोबार भयो। यसदिन कुनैपनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

लक्ष्मी इक्वीटी फन्डका लगानीकर्ताले ८।०६ प्रतिशतले कमाउँदा नेपाल ब्यालेन्स फन्ड(२ का लगानीकर्ताले ६।९० प्रतिशतले लगानी गुमाए।आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्‍यो। सो कम्पनीको १० करोड ३३ लाख बढिको सेयर कारोबार भयो। २ करोड ४० लाख र २ करोड ३८ लाख बराबरको सेयर कारोबार गरी निर्द्धन उत्थान लघुवित्त र नेपाल बैंक क्रमश दोस्रो र तेस्रो स्थानमा रहे।

कारोबारमा आएका १३ समूहमध्ये १२ को मूल्य घटेको छ भने एकको मात्रै बढेको छ। हाइड्रो पावर, माइक्रो फाइनान्स र ट्रेडिङ समूहको सूचक १ प्रतिशत बढिले घट्यो। बाँकी ९ समूहको सूचक ०।७९ प्रतिशतसम्मले ओरालो लाग्यो।

१२ समूहको सूचक राताम्मे हुँदा होटल्स एन्ड टुरिजमको सूचक ०।६० प्रतिशतले बढ्यो।