Logo
१२ वैशाख २०८१, बुधबार

सहकारीमा बालेनको निगरानी : अनुगमन गर्न विज्ञसहितको समिति

अक्षरपाटी
२०७९ कात्तिक ३० , बुधबार ०७:११ मा प्रकाशित

काठमाडौं। उद्देश्य अनुसार काम नगरेको, बचत गरेको रकम फिर्ता नगरेकोलगायतका गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले अनुगमन थालेको छ।

महानगरका मेयर बालेन्द्र शाहले अनुगमन समिति गठन गर्ने भएका हुन्।

महानगरले सहकारीप्रति चासो देखाउँदै महानगर कार्य क्षेत्र भएका धेरै सहकारीले सदस्यको बचत फिर्ता नगरेको उजुरीका आधारमा अनुगमन गर्न समिति बनाउने भएको हो।

मंगलबार महानगरको नगरकार्यपालिका बैठकमा मेयर शाहले उक्त प्रस्ताव गरेका हुन्।

सो प्रस्ताव पारित भएसँगै अब महानगर पालिकाले विज्ञ सहितको अनुगमन समिति गठन गर्नेछ।

समितिमा सीएको समेत प्रतिनिधित्व हुनेछ। नगरकार्यपालिका बैंठमा मेयर शाहले ‘लामो समयदेखि महानगरभित्र सहकारी संस्थाको अनुगमन भएको छैन। अब सीएसहितिको विज्ञ टोलीले अनुगमन गर्नेछ’ भने।

समितिले महानगरपालिका मातहतका करिब १९ सय सहकारीको अनुगमन गर्ने मेयर शाहले बताएका छन्।

बालेन शाह सहकारी