Logo
२३ मंसीर २०७९, शुक्रबार

‘हामी जनतालाई धेरै गाह्रो छ’ गीत सार्वजनिक

अक्षरपाटी
२०७९ कात्तिक ३० , बुधबार ०९:११ मा प्रकाशित

काठमाडाैं ३० कार्तिक। ‘हामि जनतालाई धेरै गार्हो छ’ बोलको गीत सार्वजनिक भएको छ।

गायक रमण रेग्मीको स्वर, शब्द र अभिनय रहेको म्युजिक भिडियोमा सिर्जना पोखरेल र कमल रेग्मीले साथ दिएका छिन।

गायनसँगै समाज सेवामा समेत सक्रिय गायक रेग्मीले यसअघि घर त लगनखेल, खुल्ला जमिन, मेसो पा छैन, तिमीलाई भेटेदेखि लगायतका गीतहरु बजारमा ल्याइसकेका छन्।

हरि लम्सालको संगीत रहेको गीतमा नेपाली जनताको समसामाहिक समस्या देखाइएको छ।

गीतको म्युजिक भिडियोलाई केशबराज भट्टले निर्देशन गरेका हुन्। भिडियोमा नवराज उप्रेतीको छायांकन, सबिना कुँवर रेग्मीको निर्माण, दिन्सोन शाहको सम्पादन र कलर, मिनाक्षी भट्टराईको मेकअप समाबेस रहेको छ।