Logo
१४ वैशाख २०८१, शुक्रबार

देशभर ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०१:११ मा प्रकाशित

काठमाडौं ४ मसिंर। आइतबार बिहानदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर जारी छ ।

देशभर जारी मतदान दिउँसो पौने एक बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगले आयोजना गरेकाे पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो १२ बजेर ४५ मिनेट जाँदासम्म ३२ प्रतिशत मतदान भएको जनाकारी दिए ।

यस्तै प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको समेत जानकारी दिए ।