Logo
१५ चैत्र २०८०, बिहीबार

यीं १० स्थानमा हुँदैछ काठमाडौंको मतगणना

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०६:११ मा प्रकाशित

काठमाडौं ४ मंसिर। काठमाडौंका १० निर्वाचन क्षेत्रको मतदान पनि १० फरक स्थानमा हुने भएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा गरिनेछ। क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थली, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने भएको छ।

यस्तै क्षेत्र नम्बर ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नम्बर ७ को मतगणना बालाजुको जुडो हलमा हुने भएको छ।

क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने निर्वाचन कार्यालयले जनाएको छ।

अहिले काठमाडौंको मतपेटिका संकलनको काम अन्ति चरणमा पुगेको छ। मतगणना आजबाटै थालिने तयारी भइरहेको बताइएको छ।

सबै मतगणनास्थलमा तारजाली र सीसीटिभी क्यामेरा जडान गरिएको छ निर्वाचन कार्यालयले जनाएको छ।

मतगणना