Logo
८ वैशाख २०८१, शनिबार

समानुपातिकतर्फ एमाले अघिअघि, कांग्रेस पछिपछि, तेस्रोमा स्वतन्त्र

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार ०९:११ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ नयाँ अनुहार, युवा पुस्ता र नयाँ राजनीतिक तलमा मतदाताको आकर्षण देखिए पनि समानुपातिकतर्फ भने एमाले अघि देखिएको छ।

निर्वाचन आयोगको आधिकारिक तथ्यांकअनुसार बुधबार राति ९ बजेसम्ममा एमालेले समानुपातिकतर्फ ३ लाख १७ हजार ९२२ मत पाएको छ। दोस्रो नम्बरमा कांग्रेसले २ लाख ९५ हजार ३४१ मत प्राप्त गरेको छ।

अन्य पुराना दललाई उछिन्दै तेस्रो नम्बरमा भने राष्ट्रिय स्वतन्त्र पार्टी छ। रास्वपाले १ लाख ५९ हजार ६१० मत पाएको छ।

चौथो नम्बरमा माओवादी केन्द्र छ। केन्द्रले १ लाख ४३ हजार ६०० मत प्राप्त गरेको छ।

पाँचौ नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ८३ हजार ६६८ मत पाएको छ।

मतगणना