Logo
७ वैशाख २०८१, शुक्रबार

काठमाडौं ४ मा गगनले बढाए मतान्तर 

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार ०२:११ मा प्रकाशित

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले अग्रता बढाएका छन् ।

बूढानीलकण्ठ नगरपालिका २ अन्तर्गत दुई हजार ७०५ मतगणना हुँदा थापाले एक हजार ३५८ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका राजन भट्टराईले नौ सय ४९ मत पाएका छन् । सुरुवाती गणनामा यी दुईबीच निकै नजिकको टक्कर देखिएको थियो ।