Logo
१२ वैशाख २०८१, बुधबार

प्रधानमन्त्रीको जिल्ला डडेल्धुरामा मतगणना सुरु

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार ०३:११ मा प्रकाशित

डडेल्धुरा ५ मंसीर। डडेल्धुरामाप्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।

विभिन्न स्थानबाट मतपत्र आइपुग्न ढिलाइ भएको र सर्वदलीय बैठका बसेपछि पनि उम्मेदवारका एजेन्ट व्यवस्थापनमै ढिलाइ भएकाले मतगणना ढिलो भएको हो।

एक निर्वाचन क्षेत्र भएको डडेल्धुरामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीबाट कर्ण मल्ल र स्वतन्त्र उम्मेदववार सागर ढकाल उम्मेदवार छन्।