Logo
१२ असोज २०८३, सोमबार

तनहुँ २ मा कांग्रेसका शंकर भण्डारीलाई सुरुवाती अग्रता

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार ०३:११ मा प्रकाशित

तनहुँ। तनहुँ–२ मा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ।

प्रारिम्भक मतगणनामा कांग्रेसका शंकर भण्डारीले अग्रता लिएका हुन्।

हालसम्म एक हजार ६३७ मत गणना भएको छ। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले सात सय ६३ मत पाएका छन्।

नेकपा एमालेका किरण गुरुङले चार सय २६, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८ मत प्राप्त गरेका छन्।

यो क्षेत्रमा १ लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार २७१ मत खसेको छ। जम्मा १० जना प्रतिनिधि सभाका उम्मेदवार छन् ।