Logo
६ वैशाख २०८१, बिहीबार

विश्वकप फुटबल : इङग्ल्यान्डको सानदार सुरुआत

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार १०:११ मा प्रकाशित

एजेन्सी। फिफा विश्वकप फुटबल ०२२ अन्तर्गत आज भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ।

कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो।

विश्वकपको उपाधि दाबेदार मानिएको इङग्ल्यान्डले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा पनि समान तीन गोल नै थप्यो।

इङग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे भने जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल थपे। यता इरानका लागि भने मेहदी तारेमीले दुई गोल फर्काए।

खेलको ३५औँ मिनेटमा वेलिङघमले गोल गर्दै इङ्ग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए। खेलको ४४औँ मिनेटमा साकाले गोल गर्दै इङग्ल्यान्डको अग्रता दोब्बर बनाए। खेलको पहिलो हाफको अत्तिरिक्त समयमा स्ट्रर्लिङले गोल गरेपछि इङग्ल्यान्ड खेलको पहिलो हाफमा ३–० ले अघि रह्यो।

यसैगरी खेलको ६२औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई ४–० को अग्रता दिलाए।

खेलको ६५औँ मिनेटमा इरानका खेलाडी तारेमीले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए। खेलको ७१औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका रासफोर्डले गोल गर्दै इङ्ग्ल्यान्डलाई ५–१ को अग्रता दिलाए।

मैदान प्रवेश गरेको एक मिनेट पनि बित्न नपाउँदै उनले गोल गरे। खेलको ९० औँ मिनेटमा अर्का सब्सिच्युड खेलाडी ग्रेलिसले गोल गर्दै इङग्ल्यान्डलाई ६–१ को अग्रता दिलाए।

त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा इरानका खेलाडी तारेमीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गदै खेललाई ६–२ को स्थितिमा ल्याए।

इङग्ल्यान्डका खेलाडीले पेनाल्टी क्षेत्रमा इरानी खेलाडीलाई फउल गरेपछि पाएको पेनाल्टीमा तारेमीले गोल गरेका थिए।

यस जितसँगै इङग्ल्यान्डले पहिलो खेलमै शीर्ष ३ अंक जोडेको छ। इरानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ।

आजै राति १२ः४५ बजे समूह बी अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ।

त्यसअघि समूह ए मा रहेको सेनेगल र नेदरल्याण्ड्सबीच खेल हुनेछ। उक्त खेल भरखरै ९ः४५ बजे सुरु भएको छ।

fifa worldcup 2022 फिफा विश्वकप