Logo
१३ वैशाख २०८१, बिहीबार

चितवन २ मा रवि लामिछाने र काठमाडौं २ मा सोविता निकै अगाडि

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार ०९:११ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेले भारी मतले अग्रता बनाएका छन्।

लामिछानेले ६ हजार ६ सय २४ मत प्राप्त गरेका छन् भने उनलाई एमालेका कृष्णभक्त पोख्रेलले ४ हजार ७ सय ५४ मतले पच्छ्याइरहेका छन्।

नेपाली कांग्रेसका उमेश श्रेष्ठको ४ हजार ३ सय १६ मत छ।

यता काठमाडौ २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले पनि फराकिलो मतान्तर बनाएकी छन्। उनले १० हजार ८ सय ६१ मत प्राप्त एमालेका मणिराम फुयालले ८ हजार ४ सय ३ मत प्राप्त गरेका छन्।

त्यस्तै तेस्रो स्थानमा राप्रपाकी कन्तीदेवी पोख्रेलले ६ हजार ६ सय ६९ मतले पच्छ्याइरहेकी छन्।

रवि लामिछाने सोविता गाैतम