Logo
१५ साउन २०८३, शुक्रबार

झापा–१ बाट महामन्त्री शर्मा भारी मतान्तरले विजयी

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार ०८:११ मा प्रकाशित

झापा ७ मंसिर। झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन्।

नेकपा एमालेका प्रभावशाली नेता अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतान्तरले शर्मा विजयी भएका हुन्।

निर्वाचन अधिकृत टंकबहादुर महतका अनुसार शर्माले ३९ हजार ६ सय २४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मात्र मत पाएका छन्।

युवा नेता शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन्। उनी यसअघि दुईपटक निर्वाचनमा पराजित भएका थिए। उनैले भनेजस्तै यो निर्वाचन मतान्तर हेर्दा प्रतिस्पर्धा होइन विजयको उत्सवब बनेको छ।

विश्वप्रकाश शर्मा