Logo
७ वैशाख २०८१, शुक्रबार

फिफा विश्वकप : मोरक्को र क्रोएसियाबीचको खेल बराबरी

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार ०८:११ मा प्रकाशित

एजेन्सी। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा टुंगिएको छ।

कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो।

यस बराबरीसँगै क्रोएसिया र मोरक्कोले समान एक÷एक अंक जोडेका छन्।

यसै समूहको अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ। बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।

त्यसअघि आजै समूह ई मा रहेका जर्मनी र जापानबीच ६ः४५ बजे तथा स्पेन र कोस्टारिकाबीच राति ९ः४५ बजे खेल सुरु हुनेछ।

fifa worldcup 2022