Logo
१६ चैत्र २०८०, शुक्रबार

ओली दाहालबीच बधाई आदानप्रदान, राजनीतिक वृतमा अव्यक्त सन्देश

अक्षरपाटी
२०७९ मंसीर ८ , बिहीबार ०९:११ मा प्रकाशित

काठमाडौं, ८ मंसिर। एमाले र माओवादी केन्द्रका अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिएका छन्।

एमाले र माओवदी पार्टी मिलाएर नेकपा बनाएका दुबै जनाबीच पार्टी फुटपछि कटुतापूर्ण सम्बन्ध तोड्दै एमाले अध्यक्ष ओलीले आज आफै फोन गरेर बधाई दिएका हुन्। सो क्रममा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा दाहालले पनि ओलीलाई बधाई तथा शुभकामना दिएका थिए।

झापा ५ बाट ओली निर्वाचित भएका हुन भने माओवादी अध्यक्ष दाहाल गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमालेका महासचिवसहित ओलीका किचेन क्याविनेटका अधिकांस नेता बडारिएका छन्। त्यस्तै माओवादी पार्टीका पनि महासचिवसहित दाहालका विश्वासपात्रहरुको उपस्थिति संसदमा नहुने भएको छ।

सम्पन्न निर्वाचनबाट नयाँ अनुहार, नयाँ पार्टी र पुराना पार्टीबाट पनि नयाँ अनुहार बढी निर्वाचित भएपछि ओली र दाहालबीचको संवादलाई अर्थपूर्ण रुपमा विश्लेषण गर्न थालिएको छ।

मतगणना जारी रहेकाले अझै पूर्ण परिणाम आउन केही दिन लाग्नेछ। तर निर्वाचित हुनेहरुको परिणामले कुनैपछि ठूला दलले सरकार बनाउन तेस्रो दलको सहाराले मात्र पुग्ने नदेखिने आंकलन राजनीतिक विश्लेषकहरुको छ।

नयाँ दल, स्वतन्त्र र सानो आकारमा निर्वाचित भएर आएका दलहरुको सहयोगमा मात्र अबको सरकार निर्माण सम्भव हुने देखिन्छ।

अध्यक्ष दाहालको पार्टी सत्ता गठबन्धनमा रहेका बेला ओलीले आफै फोन गरेर बधाइ दिने तत्परता आगामी राजनीतिक जोडघटाउका लागि मार्ग प्रसस्तको माध्ययम पनि हुनसक्ने अनुमान राजनीतिक वृतमा हुन थालेको छ।

के पी ओली पुष्पकमल दाहाल