Logo
७ वैशाख २०८१, शुक्रबार

फुटबल महाकुम्भ : इङ्ग्ल्यान्ड र अमेरिका बराबरीमा, आज चार खेल हुँदै

अक्षरपाटी
२०७९ मंसीर १० , शनिबार १०:११ मा प्रकाशित

काठमाडौ १० मंसिर। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन्।

विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन्।

पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। सो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।

दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ। पोल्याण्ड र साउदीबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ।

यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति पौने १० बजे सुरु हुनेछ।

आजै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ। समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्।

यसैगरी आज बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका छन्।

कतारको अल बायत स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन्।

यस बराबरीसँगै इङ्ग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन्।

समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्डले दुई खेलमा चार अंक जोडेको छ भने अमेरिकाले दुई खेलमा दुई अंक जोडेको छ।

fifa worldcup 2022