Logo
६ चैत्र २०८०, मंगलबार

एम्बाप्पे नायक बन्दा फ्रान्स विश्वकपको नकआउट चरणमा

अक्षरपाटी
२०७९ मंसीर ११ , आईतबार १२:११ मा प्रकाशित

काठमाडौं। फ्रान्स कतार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गेको छ।

शनिबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो। यससँगै फ्रान्स जारी विश्वको नकाउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गरे। फ्रान्सको जितमा केलिएन एम्बाप्पे नायक बने।

उनले खेलको ६१ औं मिनेटमा हेर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यो खुशी धेरै बेर टिकेन। एम्बाप्पेले गोल गरेको सात मिनेट नबित्दै डेनमार्क खेलमा फर्कियो।

६८ औं मिनेटमा आन्द्रेस क्रिस्टियन्सनले एन्डर्सनको सापमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। तर, खेल सकिन चार मिनेट मात्रै बाँकी रहँदा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे।

८६ औं मिनेटमा ग्रिजम्यानको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–१ गोलको जित दिलाए।

समूह डीमा रहेको फ्रान्स लगातार दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ। पराजित डेनमार्क एक अंकसहित तेस्रो स्थानमा छ।

अब फ्रान्सले बुधबार ट्युनिसियासँग समूहको अन्तिम खेल खेल्ने छ। सो खेल जितेमा समूह विजेताको हैसियतमा फ्रान्स शीर्ष १६ मा पुग्ने छ।

fifa worldcup 2022