Logo
३० जेठ २०८३, शनिबार

नेप्से परिसूचकमा दोहोरो अंकले ओरालो

अक्षरपाटी
२०७९ मंसीर १२ , सोमबार ०४:११ मा प्रकाशित

काठमाडौं १२ मंसिर। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ६१ अंकले ओरालो लागेर एक हजार नौ सय ५० दशमलब ३७ मा ओर्लिएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ६५ अंकले ओरालो लागेर तीन सय ८२ दशमलब ६१ मा सीमित भएको छ।

कूल दुई सय ३६ कम्पनीको ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता शेयर एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार छ सय १३ मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। सो कम्पनीको १६ करोड ४६ लाख ४२ हजार सात सय पाँच मूल्यमा कारोबार भयो।

 

शेयर