Logo
१८ कात्तिक २०८३, बुधबार

झापाको अर्जुनधारा र मेचीनगरमा मन्त्री प्रतिभा रावल

अक्षरपाटी
२०८३ कात्तिक १८ , बुधबार ०८:११ मा प्रकाशित

झापा । भूमि व्यवस्था तथा सहकारीसम्बन्धी मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन्।

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा र अपेक्षा सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराइन्।

भूमिहीन नागरिकलाई लालपुर्जा वितरण प्रक्रिया तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले नागरिकका वास्तविक समस्या बुझेर समाधानका लागि आवश्यक पहल गर्ने बताइन्।

मन्त्री रावलले स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालासँग समेत भूमिहीनका समस्या र समाधानका उपायबारे छलफल गरेकी थिइन्।

मन्त्री रावलसँगै सांसद प्रकाश पाठक, रमेश परसाई लगायत कार्यक्रममा सहभागी थिए।

भेटघाटसँगै मन्त्री रावलको झापा भ्रमण सम्पन्न भएको छ।

मन्त्री प्रतिभा रावल