Logo
१३ वैशाख २०८१, बिहीबार

शेयर बजार झिनो अंकले बृद्धि

अक्षरपाटी
२०७९ मंसीर १३ , मंगलबार ०४:११ मा प्रकाशित

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अंकले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव शून्य आठ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ६९ मा कायम छ।

आजको कारोबारमा कूल तीन सय ३४ कम्पनीको २५ लाख ८९ हजार नौ सय ९७ कित्ता शेयर रु ९५ करोड ७० लाख ६० हजार दुई सय २५ मूल्यमा खरिद बिक्री भए।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। सो कम्पनीको नौ करोड ७२ लाख ७५ हजार तीन सय ८२ बराबरको कारोबार भयो।