Logo
२१ असार २०८२, शनिबार

धनुषमा जन्ती बोकेको जीप दुर्घटना, पाँच जनाको मृत्यु, नौ घाइते

अक्षरपाटी
२०७९ मंसीर १७ , शनिबार ०९:१२ मा प्रकाशित

धनुषा १७ मंसिर। धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। सो घटनामा नौ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए।

मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन्। मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार,धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ। अन्यको परिचय खुलेको छैन।

दुर्घटना धनुषा