Logo
२४ मंसीर २०८१, सोमबार

सत्तागठबन्धनको बैठक सोमबार

अक्षरपाटी
२०७९ मंसीर १९ , सोमबार ०६:१२ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अघि मात्रै बसेको सत्तारुढ गठबन्धन दलको बैठक सोमबार (आज) बस्ने भएको छ।

निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज बैठक बस्न लागको हो।

माओवादी केन्द्रको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आइतबार महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका हुन्।

बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ।

माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ। त्यस्तै गठबन्धनको एकीकृत समाजवादीले १० स्थानमा जितेको छ।

त्यस्तै, नेकपा ९एकीकृत समाजवादी०ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा भने केही बताइएको छैन ।

सत्ता गठबन्धन