Logo
१४ वैशाख २०८१, शुक्रबार

भागसान्ती मिलाउन सत्ता गठबन्धनको बैठक

अक्षरपाटी
२०७९ चैत्र १२ , आईतबार १२:०३ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनमा भागबन्डा मिलाउन दलहरुको बैठक बस्ने भएको छ।

दिउँसो बस्ने भनिए पनि बैठकको समय भने तय भएको छैन। आज बस्ने बैठकमा कुन पार्टीले कति मन्त्री पाउने र कुन मन्त्रालय दिने भन्ने टुंगो लगाउने तयारी भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।

चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई दोस्रोपटक विश्वासको मत दिएका दलहरुले महत्वपूर्ण मन्त्रालय मागिरहेकाले भागबन्डा पेचिलो बनेको छ।

शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सोमबारसम्म गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ।

सत्ता गठबन्धन