Logo
८ वैशाख २०८१, शनिबार

गठबन्धन नटुट्ने, थप एकताबद्ध बनाएर अघि बढ्ने सामुहिक प्रतिबद्धता

अक्षरपाटी
२०७९ मंसीर १९ , सोमबार ०६:१२ मा प्रकाशित

काठमाडौं १९ मंसिर। सम्पन्न निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको थप आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निस्कर्षसहित गठबन्धलाई नरन्तरता दिने सहमति भएको छ।

गठबन्धन दलका शीर्ष नेताहरुको भरखरै सम्पन्न बैठकले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि गठबन्ध थप मजबुत बनाएर जाने सहमति गरेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सम्मिलित बैठकले लेकतन्त्रलाई थप सुदृढ बनाउँदै अझ सुरक्षित बनाएर राजनीतिक स्थायित्व र समृद्धिका लागि गठबन्धनको सान्दर्भिकता पुष्टि भएको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनका दौरान केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दा पनि कतिपय निर्वाचन क्षेत्रमा भएको असहयोग र असमझदारीका समीक्षा गर्ने समेत सहमति भएको छ।
बैठकले तीनै तहका निर्वाचन सम्पन्न गर्न सफल सरकार, निर्वाचन आयोगज, आम जनता, राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी, संचारकर्मीलगायतलाई धन्यवाद समेत दिएको छ।

गठबन्धन