Logo
१४ वैशाख २०८१, शुक्रबार

स्पेन विश्वकपबाट बाहिरियो

अक्षरपाटी
२०७९ मंसीर २० , मंगलबार ११:१२ मा प्रकाशित

काठमाडौं । स्पेन कतार विश्वकप २०२२ को शीर्ष १६ बाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा मोरोक्कोसँग टाइब्रेकरमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि ३० मिनेटको समय थप गरिएको थियो । थप समयमा पनि दुबै टोलीबाट गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा मोरोक्कोले ३–० गोलले बाजी मार्यो । मोरोक्कोका लागि साबिरि, हाकिमि जियाच र आच्रफ हाकिमिले गोल गर्दा बेनाउनको पेनाल्टी स्पेनका गोलरक्षक सिमोनले बचाए ।

यस्तै स्पेनका पाब्लो सराबियाको पेनाल्टी पोलमा लागरे फर्किदा, कार्लोस सोलेर र सर्जियो बुस्केटको पेनाल्टी मोरोक्कोको गोलरक्षक बोनोले बचाए । अब सेमिफाइनल प्रवेशका लागि मोरोक्कोले पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्ने छ ।

fifa worldcup 2022