Logo
२० वैशाख २०८१, बिहीबार

गजल : अख्तियार भुल गर्छ

अक्षरपाटी
२०७९ मंसीर २१ , बुधबार ११:१२ मा प्रकाशित

० उषा जोशी

दिल यो बारबार भुल गर्छ
सुन्दैन मेरो अचेल, हरबार भुल गर्छ

आखिर के दोष थियो र फक्रिएका फूलहरुको
भमरालाई आजादी दिने दरबार भुल गर्छ

नङ्याइन्छ्न् कथा यहाँ च्यातिएका चोलीहरुका
रातारात बिक्ने सस्तो अखबार भुल गर्छ

बेचिन्छन् रे बजारमा शरीर र शिद्धान्तहरु
मान्छेको किनबेच गर्ने कारोबार भुल गर्छ

भ्रष्टाचारी बचाउनु पनि भ्रष्टाचार नै हो हजुर
न्यायको तराजु बोक्ने अख्तियार भुल गर्छ

गजल
यो पनि हेर्नुहोस् : गजल : …त्यो प्रेम हो