Logo
१३ वैशाख २०८१, बिहीबार

क्रोएसिया र अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

अक्षरपाटी
२०७९ मंसीर २४ , शनिबार ०८:१२ मा प्रकाशित

काठमाडौं। क्रोएसिया र अर्जेन्टिना कतार विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार राति एजुकेशन सिटी रंगशालामा निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।

अतिरिक्त समयमा १–१ को बराबरी भएको हो। क्रोएसियालाई ब्राजिलले पेनाल्टी सुटआउटमा ४– २ ले पराजित गरेको हो। यसअघि पनि ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।

खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्काएको हो। क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन्।

त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए। यस्तै शुक्रबार राति नै भएको अर्को खेलमा निर्धारित र अतिरिक्त समयमा २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।

आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। आज हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ। आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा छन्।

मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो।

यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ।

साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन्।

फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो। यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो।

fifa worldcup 2022