Logo
१६ चैत्र २०८०, शुक्रबार

क्रोएसियासँग २०१८ को बदला लिँदै अर्जेन्टिना फाइनलमा

अक्षरपाटी
२०७९ मंसीर २८ , बुधबार ०४:१२ मा प्रकाशित

काठमाडाैं २८ मंसिर। अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ।

कतारको लुसेइल रंगशालामा राति भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो।

सन २०१८ मा भएकाे विश्वकपको समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले नै पराजित गरेको थियो। विश्वकपको नकआउट चरणमा यी दुई राष्ट्रको पहिलो भेट हो।

फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए। साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३-० गोलअन्तरको जीत सुनिश्चित गर्यो ।

क्वार्टरफाइनलमा अर्जेन्टिना र क्रोएसिया दुवै टोली पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका थिए।

अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए।

विश्वकपमा अर्जेन्टिनाको यो छैटौँ पटकको फाइनल यात्रा हो। अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुई पटक विश्वकप उपाधि जितेको छ।

सेमिफाइनलको दोस्रो खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजेदेखि सुरु हुनेछ।

fifa worldcup 2022