Logo
१५ चैत्र २०८०, बिहीबार

रेलिङ राख्ने क्रममा करेन्ट लागेर ३० वर्षिय सुरेश मृत्यु

अक्षरपाटी
२०७९ पुस ३ , आईतबार ०५:१२ मा प्रकाशित

नवलपुर । नवलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बौदीकाली गाउँपालिका २ भुलाडका ३० वर्षिय सुरेश श्रेष्ठको मृत्यु भएको हो  ।

खहरेटोलमा छविलाल ओझाको घरमा रेलिङ राख्ने क्रममा हातमा रहेको रेलिङले हाईटेन्सनको तारमा छुन पुग्दा करेन्ट लागेको थियो ।

करेन्ट लागेर सख्त घाइते भएका श्रेष्ठको उपचारका क्रममा तनहूँको   वि.पि.कोईराला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।