Logo
१२ वैशाख २०८१, बुधबार

कैलालीको सीमावर्ती क्षेत्रमा गोली चल्यो

अक्षरपाटी
२०७९ पुस ५ , मंगलबार १२:१२ मा प्रकाशित

धनगढी,। ५ पुस । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गोली चलेको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका–९ को जुगेडामा आज बिहान तीन बजेतिर दुई राउण्ड गोली चलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सीमा क्षेत्रमा राति गोली चलेको पुष्टि गरे ।

उनकाअनुसार स्थानीय प्रजापती विष्टको घरमा चोरी गर्ने उद्देश्यले ३/४ जना अपरिचित व्यक्तिको समूह प्रवेश गरेको थियो । सो क्रममा विष्टले थाहा पाएपछि उनीमाथि हातपात भएको थियो । उनी घाइते छन् । उक्त समूह विष्टको घरबाट गएपछि सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको डीएसपी जोशीले बताए । उनले गोली चलाउने व्यक्तिको पहिचान नभएको बताए ।

गोलीका खोकाहरु फेला परेको उनले बताए । विष्टमाथि भने गोली प्रहार नभएको प्रहरीको भनाइ छ । लछारपछार गर्ने क्रममा उनी घाइते भएको डीएसपी जोशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई वर्ष अघि जुगेडामा तस्करको समूहले दुई जना प्रहरीको हत्या समेत गरेका थिए । आइतबार साँझ मात्र कैलालीको अत्तरियामा अज्ञात समूहको गोली प्रहारबाट सुन व्यवसायी घाइते भएका थिए ।