Logo
१६ चैत्र २०८०, शुक्रबार

लिलू गीतको कास्ट एण्ड क्रू सम्मानित

अक्षरपाटी
२०७९ पुस ६ , बुधबार ०१:१२ मा प्रकाशित

काठमाडौं। छाउपडीको कथा उठान गरेर पाँच महिना पहिला सार्वजनिक गीत लिलूको सफलतापछि निर्माण युनिटले कास्ट एण्ड क्रू सहितको टिमलाई सम्मान गरेको छ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै लिलूमा संलग्न कलाकारहरूलाई सम्मान गरिएको हो।

वरिष्ठ कलाकार मिथिला शर्माको हातबाट उक्त कार्यक्रममा गायिका रेखा जोशी, निर्देशक गौरव गिरी, गायिका गौरी भट्ट, गायिका पुजा देवकोटा, मोडल रोशनी कार्की, कलाकार भद्रजंग कुवंर, गायक रोहित देउवाको साथमा टिम मेम्बर इस्वु संजेल, मुकेश सुनार र पशुपति कुवंरलाई सम्मान गरियो।

गीतले युट्युवमा १ मिलियन बढि भ्यूज पाएको छ, भने उत्कृष्ट बनेको भिडियोले दर्शक तथा शुभचिन्तकहरूबाट राम्रो प्रतिक्रिया पाइसकेको छ।

भिडियो र गीतसँगै गीतमा जोडिएका शब्दले पनि राम्रो प्रतिक्रिया पाउँदा रचनाकार गौरव गिरी र एलपी शर्मा दङ्ग छन्।

भिडियोका निर्माता समेत रहेका एलपीले सामाजिक विषयवस्तुमा बनेको लीलूले हालसम्म पनि विधमान पश्चिमेली समाजको यथार्थ कथा बोल्ने भन्दै सामाजिक चेतनामूलक भिडियो बनाउन पाउँदा आफु खुशी रहेको बताए।

निजामती कर्मचारी समेत रहेका शर्मा छाउपडी प्रथा उन्मूलनका लागि धेरै कार्यक्रमहरु भइरहेको भए पनि अझै पनि यो प्रथा हट्न नसकेकोले सुदूरपश्चिम र मध्यपश्चिममा धेरै महिला पीडा भोग्न बाध्य भएको बताउँछन्।

गीत