Logo
११ वैशाख २०८१, मंगलबार

जापानमा फेरि फैलिँदै कोरोना महामारी

अक्षरपाटी
२०७९ पुस ६ , बुधबार ०९:१२ मा प्रकाशित

एजेन्सी। जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ। यो लहरमा दुई लाख ६ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौंं लहरमा देशभर दुई लाख ६ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन्।

गत बुधबारको तुलानामा आज १६ हजार एक सय नयाँ बिरामी थपिएका छन्। गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ।

राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन्। गत साताको तुलनामा आज राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन्।

टोकियोमा लगातार बिरामी बढेका छन्। ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका छन्। पछिल्लो महामारीका कारण आज दुई सय ९६ जनाको मृत्यु भएको छ।

कोरोना महामारी