Logo
१८ असार २०८३, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

अक्षरपाटी
२०७९ पुस ७ , बिहीबार ११:१२ मा प्रकाशित

काठमाडौं। काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु÷कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन्।

बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन्।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए।

“खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उनले भने। मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए।

उडान त्रिभूवन विमानस्थल

ट्रेन्डिङ ( साप्ताहिक )