Logo
१३ वैशाख २०८१, बिहीबार

माओवादीमा दाहाल संसदीय दलको नेता

अक्षरपाटी
२०७९ पुस ७ , बिहीबार ०७:१२ मा प्रकाशित

काठमाडौं। माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन्।

पार्टीमा लोकतान्त्रिक प्रतिस्पर्धाबिना नै दाहाल नेता चयन भएका हुन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले अध्यक्ष दाहाललाई नेता चयन गरेको हो।

यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन भए। दलको उपनेता र सचेतक भने चयन गरिएको छैन।

यस्तै, राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन भएका छन्। प्रमुख सचेतकमा गोपीबहादुर सार्की अछामी र सचेतकमा गङ्गाकुमारी बेल्बासे पहिलेदेखि नै कार्यरत छन्।

माओवादीको आजको पदाधिकारीको बैठकले संसदीय दलको नेतामा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री दाहाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३२ स्थानमा जित हासिल गरेका छ।

दाहाल