Logo
८ वैशाख २०८१, शनिबार

सरकार बनेको ४५ दिनमै पाँच मन्त्रालय खाली, दाहाललाई सबैको जिम्मेवारी

अक्षरपाटी
२०७९ माघ २४ , मंगलबार ०९:०२ मा प्रकाशित

काठमाडौं २४ माघ। एमाले अध्यक्ष केपी ओलीको अगुवाइमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा वर्तमान सरकार गठन भयो।

सरकार गठनको २२ दिनपछि विस्तार भएको मन्त्रिमण्डलले पूर्णता नपाउँदै त्यसको २० दिनमै थप तीन मन्त्रालय नेतृत्वविहीन बनेका हुन्।

सरकार बनेको ४२ दिनसम्म पनि वन तथा वातावरण तथा युवा तथा खेलकुद् मन्त्री नियुक्त गर्न नसकिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछि थप तीन मन्त्रालय खाली भएका हुन्।

जसअनुसार अब विस्तार गर्न नसकेका वन तथा वातावरण र युवा तथा खेलकुद्सहित गृह, शिक्षा मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गरी ५ मन्त्रालय नेतृत्वविहीन बनेका हुन्।

दुई मन्त्रालयको भागबन्डा नमिलेका कारण मन्त्री नियुक्ति रोकिरहेका बेला रास्वपाले सभापति लामिछानेको नागरिकताको मुद्दा फैसलापछि पुन गृह मन्त्रालय नपाएपछि सरकार छोडेका कारण थप तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालकै काँधमा आएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तीं मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै हेर्ने गरी तोकेकी छन्।

दाहाल